नेकपा स्थायी कमिटी बैठकमा तीन फरक लिखित प्रतिवेदन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज जारी छ ।
२९ मंसीरबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
प्हिलो दिन अध्यक्ष दाहा र महासचिव पौडेलले प्रतिवेदन पेश गरेर सकिएको बैठकमा २५ जनाले धारणा राखिसकेका छन् । दोस्रो दिन ११ र तेस्रो दिन १४ जनाले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।
अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले संगठनमा महिला नेतृत्वको सुनिश्चितता माग सहित फरक लिखित प्रतिवेदन पेश गरेका छन् भने घनश्याम भूसाल र वेदूराम भुसालले पनि लिखित प्रतिवेदन नै पेश गरेका छन् ।