अस्ट्रेलियामा बीबीएल शुरू, सन्दीप सम्मिलित टिमले शुक्रबार खेल्ने
नेपाली समयअनुसार, अस्ट्रेलियाको ब्रिस्बनमा मंगलबारदेखि बिग बास लिग (बीबीएल) शुरु भएको छ ।
पहिलो खेलमा सिड्नी थन्डरले बिस्बर्न हिटलाई २९ रनले पराजित गरेको छ ।
बीबीएलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पुरानै मेलबर्न स्टार्स क्लबाट खेलिरहेका छन् । स्टार्सको कप्तान ग्लेन म्याक्सवेल छन्।
प्रतियोगिताका लागि सन्दीप अस्ट्रेलिया पुगिसकेका छन् ।
सन्दीपको टिम स्टार्सले शुक्रबार ब्रिस्बर्न हिटसँग पहिलो खेल खेल्दैछ ।
लिगको अघिल्लो आठौं संस्करणमा सन्दीप सम्मिलित मेलबर्न स्टार्स फाइनलमा मेलबर्न रेनेगेड्ससँग १३ रनले पराजित भएको थियो । खेलमा सन्दीपले पूरै चार ओभर बलिङ गर्दै १६ रनमात्र दिएका थिए ।
बीबीएलमा खेलेका कुल आठ खेलमा सन्दीपले ११ विकेट लिएका थिए । लिगकै क्रममा उनी बाङ्लादेश प्रिमियर लिग र दुबईमा भएको नेपाल र यूएईबीचको टी–ट्वेन्टी खेल्न पनि आइपुगेका थिए ।