विद्या भट्टराईले लिइन् सांसद पदकाे शपथ
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सांसद पदको शपथ लिएकी छन् ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले एक समारोह आयोजना गरी भट्टराईलाई शपथ गराएकी हुन् । शपथ समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ लगायतको उपस्थिति थियो ।
१४ मंसीरमा सकिएको उपनिर्वाचनबाट भट्टराई सांसद निर्वाचित भएकी हुन् । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङ हवाई दुर्घटनामा मृत्यु भए पछि भएको उपनिर्वाचनमा उनकै पत्नी भट्टराई विजयी भएकी हुन् ।
नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेललाई आठ हजार बढी मतान्तरले पराजित गर्दै भट्टराईले विजयी भएकी हुन् ।