चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको शव मध्यान्ह १२ बजेदेखि १ः३० बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।
चलचित्र विकास वोर्डको कार्यालय परिसरमा श्रद्धाञ्जलिका शव राखिने भएको छ । यसपछि आजै भट्टराईको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बेहोस भएका भट्टराईको उपचारका क्रममा गए राति निधन भएको थियो । बाटोमै बेहोस भए पछि उपचारार्थ ओम अस्पताल लगिएको थियो ।
महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण गरिएको छ । भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्व अध्यक्ष थिए । उनका श्रीमती र एक छोरा छन् ।