नेकपा सचिवालय बैठक बालुवाटारमा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ ।
दिउँसो बस्ने स्थायी कमिटीको एजेण्डा तय गर्न बालुवाटारमा बैठक बोलाइएको हो । स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा टुंग्याउन शुक्रबार नै सचिवालय बस्ने तय भएको थियो ।
तर, नेताहरुको कार्य व्यस्तता भन्दै बस्न सकेन । शनिबार दिउँसो तीन बजे समेत बैठक नबसेपछि आज फेरि बोलाइएको हो ।
धुम्बाराहीमा २३ मंसीरमा बसेको सचिवालय बैठकले २७ मंसीरमा सचिवालय बसेर आजबाट स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।