सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
दोलखाबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा ४ ख ४४६८ नम्बरकाे बस दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७, मा बस दुर्घटना भएको हाे ।
घाइतेहरुलाई उपचारका पठाइएको प्रहरीले जनाएको छ ।