समाचार शनिबार, मंसिर २८, २०७६

नेकपाको सचिवालय बैठक स्थगित

हिमालखबर

नेकपाको सचिवालय बैठक स्थगित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दिउँसो तीन बजे बोलाइएको सचिवालय बैठक स्थगित भएकाे छ ।

शुक्रबार नै बस्ने तय भएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सचिवालय स्थगित गरिएको थियो । २९ मंसीरमा स्थायी कमिटी बैठक बोलाइएकाले एजेण्डा तय गर्न सचिवालय बोलाइएको थियाे । तर शनिबार पनि बैठक बस्न सकेन । 

५ मंसीरमा पार्टी मोर्चा सञ्चालनको कार्यकारी अधिकार दाहाललाई दिइए पछि लगातार नेकपाको बैठक बसिरहेको छ । स्थायी कमिटीबाट पार्टी विधान र वैचारिक कार्यक्रम संशोधनको तयारी नेकपाले गरेको छ ।

प्रतिकृया दिनुहोस