धनुषा बम विस्फोटमा घाइते भएका प्रहरी इन्स्पेक्टर दाहालको पनि मृत्यु
धनुषा बम विस्फोटका क्रममा घाइते भएका प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालको मृत्यु भएको छ ।
उपचारका क्रममा उनको मृत्यु भएको हो । बम विस्फोट हुँदा इन्स्पेक्टर दाहाललाई छर्राले लागेको थियो ।
छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रबजार नजिकै रहेको राजेश साहको घर बाहिर बम विस्फोट भएको थियो । गए राति बम बिस्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भइसकेको छ ।
घरबाहिर शंकास्पद वस्तु देखिएको जानकारी पछि इन्स्पेक्टर दाहाल घटनास्थल पुगेका थिए । त्यहाँ, भीड हटाउँदै गर्दा बम विस्फोट भएको थियो ।