कला/साहित्य शुक्रबार, मंसिर २७, २०७६

फिल्मः पानीपतपछि तानाजी पनि विवादमा

हिमालखबर

फिल्मः पानीपतपछि तानाजी पनि विवादमा

अजय देवगन तथा काजोल अभिनित चलचित्र ‘तानाजीः द अन संग वारियर’ रिलिज नहुँदै विवादित बनेको छ ।

अखिल भारतीय क्षत्रिय कोली राजपूत संघले चलचित्रका विरुद्ध भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

इतिहास, धर्म–संस्कृति, जातिलगायत विषयवस्तुमा आधारित चलचित्रमा यस्तो विवाद हुने गरेको छ । प्रायः फिल्ममा तथ्य र विषयलाई तोडमोड गरेर पेश गरिएको आरोप लाग्ने गरेको छ ।

हालै रिलिज भएको आशुतोष गोवारिकरद्वारा निर्देशित फिल्म पानीपतले विवादको सामना गर्नुपरेको छ । यसैगरी तानाजी पनि विवादमा परेको छ ।

‘तानाजीः द अनसंग वारियर’ को विवाद अहिले भारतीय सर्वोच्च अदालत पुगेको छ । अखिल भारतीय क्षत्रिय कोली राजपूत संघले फिल्मका विरुद्ध याचिका दायर गरेको छ ।

फिल्मका निर्देशकले तानाजी मालुसरेका असली वंशलाई पेश नगरेको याचिकामा आरोप लगाइएको छ । फिल्ममा तानाजीको भूमिकामा अजय देवगन छन् भने काजोल सावित्री बाईको भूमिकामा छन् ।

पानीपतमा भरतपुरका महाराज सूरजमलको भूमिकाका बारेमा विवाद उत्पन्न भएको थियो । महाराज सुरजमलको चरित्रका बारेमा गलत सूचना दिइएको जाटहरूको आरोप छ । उनलाई एक लाचची शासक बताइएको छ ।

यो फिल्मलाई लिएर राजस्थानका जाटनेताले पनि विरोध जनाएका छन् । यस विरोधपछि फिल्मको यस सीनलाई एडिट गर्ने निर्णय गरिएको बताइएको छ ।

पानीपतमा अर्जुन कपूर सदाशिव रावका भूमिकामा छन् भने संजय दत्त अफगानी राजा अहमद शाह अब्दालीको भूमिकामा छन् ।

–एजेन्सी

 

प्रतिकृया दिनुहोस