समाचार शुक्रबार, मंसिर २७, २०७६

देउवा र पौडेलको छुट्टा–छुट्टै भेला

हिमालखबर

देउवा र पौडेलको छुट्टा–छुट्टै भेला

बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति बैठक राखेपछि नेपाली कांग्रेसको विवाद चर्किएको छ ।

सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा गुट भेला राखेका छन् भने बरिष्ठ नेता पौडेल समूहको भेला नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको छ ।

सभापति देउवाले १४औं महाधिवेशनबारे केन्द्रीय कार्य समिति बैठकमा प्रस्ताव नल्याएको भन्दै नेता पौडेल र सिटौलाले बिहीबारको बैठक बहिष्कार गरेका थिए ।

तर, सभापति देउवाले विभागको संख्या २८ बाट ४१ पु¥याउने, तरुण दलको म्याद ६ महीना थप गर्ने र नेवि संघ तत्काल गठन गर्ने निर्णय गरेका छन् । तर, पार्टी संरचना संघीयता अनुसार, नगएकाले १४औं महाधिवेशनको मितिबारे प्रस्ताव छलफलमा नल्याएको सभापति देउवाले बताएका छन् ।

प्रतिकृया दिनुहोस