बिमल घर्तिमगर र दिनेश राजवंशीलाई तीन महीना निलम्बन
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका स्टाइकर बिमल घर्तिमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महीना निलम्बन गरेको छ ।
मिडफिल्डर अञ्जन विष्ट र सन्तोष तामाङलाई भने ४५ दिन निलम्बन गरेको छ । एन्फाको अनुशासन समितिले शुक्रबारबाट लागू हुनेगरी निलम्बन गरेको हो ।
निलम्बन सँगै, बिमल र दिनेशले ए डिभिजन लिग गुमाएको छ भने अञ्जन र सन्तोषले शुरुवाति खेल गुमाउनेछ । विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्ध खेल्न भुटान जाने अघिल्लो राति उनीहरु नाइट क्बल गएका थिए ।
नाइट क्लब गएकाले चारै जनालाई निलम्बन गर्ने निर्णय भएको प्रवक्ता किरण राईले बताए ।