टेलिकम पीपीएलको सहप्रायोजक
नेपाल टेलिकम पोखरामा शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पिपीएल) को सहप्रायोजक बनेको छ ।
पीपीएल १२ पुससम्म चल्ने पिपीएलका १५ लिग, एक÷एक क्वालिफायर र फाइनल गरी १७ खेलमा सहभागी खेलाडीलाई विभिन्न सम्मान र उपहार प्याकेज उपलब्ध गराउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई कम्पनीले ‘नेपाल टेलिकम प्लेअर अफ द म्याच’ उपाधि प्रदान गर्नेछ ।
ती खेलाडीलाई पुरस्कारका रूपमा १२ जिबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी एक हजार १०० मिनेटको ‘टक भ्याल्यु’ भएको भ्वाइस प्याक उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।
प्रत्येक खेलका एक खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जिबी डाटा र ४९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ ।
एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १४४ जिबी डाटा प्याक र पाँच हजार ८८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ ।
उल्लेखित सुविधा पिपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीलाई नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।