जापानिज टिमसँग नेपाल निलो पराजित
घरेलु मैदानमा नेपाल निलो टिम जापानको क्लब जेएफएलसँग पराजित भएको छ ।
जेएफएलसँग नेपाल निलो टिम ४–० को फराकिलो गोल अन्तरले पराजित भएको छ ।
भोला सिलवालको कप्तानीमा रहेको नेपाल पहिलो हाफमै एक–शून्यको अग्रता लिएको थियो । ३०औं मिनेटमै जेएफएलले गोल गरेको थियो ।
दोस्रो हाफको तीन मिनेटमै नेपालले थप गोल खायो । जापानिज टिमबाट ६३ र ७४औं मिनेटमा गोल भएको थियो । नेपाली टिममा रुपेश केसी, रबि पासवान, सुवास गुरुङ, सुमन लामा, लक्ष्मण रुचाल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, विजय धिमाल, अतिज भण्डारी र अर्पण कार्की थिए ।
जापानिज टिम जेएफएलले आइतबार मनाङ मस्र्याङ्दीसँग खेल्नेछ ।