हिमपातका कारण टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा छन् ।
बिहीबार गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो । दुर्घटना अन्य दुई घाइते भएका र उनीको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ ।
मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले बताए ।