कञ्जरभेटिभ पार्टीको ऐतिहासिक जित, ईयूबाट यूके अलग्गिने पक्का
ब्रिटेनमा सकिएको निर्वाचनबाट बोरिस जोनसन नेतृत्वको कञ्जरभेटिभ पार्टीलाई ऐतिहासिक जित प्राप्त भएको छ । बिहीबार सकिएको मतदानबाट कञ्जरभेटिभ पार्टीले बहुमत पाएको छ ।
जितपछि जोनसनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन् । उनले अबको प्रष्ट कार्यक्रम ईयूबाट ब्रिटेनलाई अलग्याउने रहेको बताए ।
महीना दिनभित्रै ईयूबाट अलग हुने जोनसनले बताएका छन् । पाँच वर्षभित्रै तेस्रो पटक भएको निर्वाचनबाट कञ्जरभेटिभ पार्टीले बहुमतबाट ७८ सीट बढी ल्याएको छ । ६५० मध्ये ६४९ सिटको नतिजा आउँदा कञ्जरभेटिभ पार्टीले ३६४ सिट ल्याएको छ ।
सन् १९८७ पछि उक्त पार्टीले पहिलो पटक यति धेरै सिट ल्याएको हो । मार्गेट थ्याचर पछि जोनसनले नै बहुमत ल्याएका छन् । लेबर पार्टीले भने ऐतिहासिक हार बेहोरेको छ ।
उक्त पार्टीले अघिल्लो निर्वाचन भन्दा ५९ सिट गुमाउँदै २०३ सिट मात्रै ल्याएको छ । यो सन् १९३५ यताकै खराब नतिजा हो ।
स्कटिस न्याशनल पार्टीले ४८, लिबरल डेमोक्र्याटले ११, डेमोक्र्याटिक युनियन पार्टी ८ र अन्यले १६ सिट जितेको छ ।