वर्षाका कारण पीपीएल एक दिन सर्याे
वर्षाका कारण शनिबारबाट हुने भनिएको पोखरा प्रिमियर लिग (पीपीएल) एक दिन पछाडि सारिएको छ ।
शुक्रबार ट्रफी सार्वजनिक गर्दै आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले खेल दिन पछाडि सारिएको जनाएको छ । प्रबन्ध निर्देशक छुमी लामाका अनुसार, रिजर्भ डे रहेकाले अन्य खेल तालिका भने यथावत रहनेछ ।
सवै टीमका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको छ । ६ टीमबीच प्रतिश्पर्धा हुने लिगमा पोखरा पल्टनको कप्तानी शरद भेषावकर, विराटनगर टाइटन्सका कप्तान प्रदीप ऐरी, चितवन राइनोजको कप्तान पारस खड्का, काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल, बुटवल ब्लास्टर्सको कप्तान सोमपाल कामी र धनगढी ब्लुजको कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।
लिग बिजेताले २७ लाख र उपबिजेताले १० लाख पुरस्कार पाउनेछन् ।