नेकपाको सचिवालय बैठक स्थगित
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबार बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको हो । २९ मंसीरमा स्थायी कमिटी बैठक बोलाइएकाले एजेण्डा तय गर्न सचिवालय बोलाइएको थियो ।
तर, नेताहरुको कार्यव्यस्तताका कारण सचिवालय स्थगित गरिएको जानकारी अध्यक्ष पुष्पकमल दाहालले दिएका छन् । ५ मंसीरमा पार्टी मोर्चा सञ्चालनको कार्यकारी अधिकार दाहाललाई दिइए पछि लगातार नेकपाको बैठक बसिरहेको छ ।
स्थायी कमिटीबाट पार्टी विधान र वैचारिक कार्यक्रम संशोधनको तयारी नेकपाले गरेको छ ।