परिवर्तनको सपना सार्थक पार्नु वर्तमान सरकारको कार्यभारः नेता नेपाल
पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जनताको आकांक्षा र परिवर्तनको सपना सार्थक पार्नु नै वर्तमा नसरकारको प्रमुख कार्यभार भएको बताएका छन् ।
पुष्पपाल स्मृति प्रतिष्ठानको २५औं साधरणसभालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीको घोषणापत्रअनुसार काम गर्न नसके जनताले विश्वास जित्न नसकिने बताए । उनले भने, “नेकपाको जिम्मेवारी बढेको छ । परिवर्तनको सपना पूरा गर्न सजिलो छैन ।”
नेकपा जनता माझ जति लोकप्रिय बन्दा मात्रै पुष्पलालको सम्मान हुने नेता नेपालले बताए ।
“पाँच जनाले शुरु गरेको कम्युनिष्ट पार्टी अहिले तिनै तहमा सरकार सञ्चालन गर्ने अवस्थामा आइपुगेको छ । टुटफुटको इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुको विकल्प छैन”, उनले भने ।