मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते
वनभोजका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाडाँ हिडेको मदन भण्डारी कलेजको बस दुर्घटनामा परेको छ ।
ब्रेक नलागेपछि अनियन्त्रित भई बस दुर्घटनामा परेको हो । रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमै पल्टिदा २२ जना घाइते भएका छन् ।
घाइते मध्ये केहीको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।