सागमा पदक दिलाउने खेलाडीलाई नगर परिक्रमा गराइने
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाइ नगर परिक्रमा गराइदैछ ।
खेलाडी तथा प्रशिक्षकलाई नगर परिक्रमा गराएर अभिनन्दन दिन लागिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । राखेपका अनुसार बिहान ११ बजेबाट नगर परिक्रमा शुरु हुनेछ ।
त्रिपुरेश्वरबाट शुरु हुने परिक्रमा न्यूरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारी पुग्नेछ । त्यहाँबाट फर्किए पछि कोटेश्वर, बानेश्वर हुँदै राखेपको प्रांगण फर्कनेछ ।
सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक जितेको छ ।