ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेज
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न ए डिभिजन लिगको मुख्य प्रायोजकका लागि कतार एयरवेजसँग सम्झौता गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ए डिभिजन लिगका लागि कतार एयरवेजका नेपाल प्रमुख मोहम्मद इमानसँग सम्झौता गरेका हुन् ।
सम्झौताअनुसार, एयरवेजले एक वर्षका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउनेछ ।
सम्झौता लिग शुरु भएको दिनबाट लागू हुनेछ । यसअघि लिगका लागि रेडबुल, सानमिगल जस्ता पेय पदार्थले प्रायोजन गरेका थिए ।
ठूलो अन्तर्राष्ट्रिय कम्पनीसँग मुख्य प्रायोजकका लागि सम्झौता गरेको यो पहिलो पटक हो ।