ब्रिटेनमा पाँच वर्षभित्रै तेस्राे पटक निर्वाचन हुँदै, सेल्फी खिच्न प्रतिबन्ध
बिहीबार दिउँसोबाट ब्रिटेनमा निर्वाचन हुँदैछ । ब्रिटेनमा पाँच वर्षभित्रै तेस्रो पटक निर्वाचन हुन लागेको हो ।
सन् १९७४ यता पहिलो पटक पाँच वर्षभित्रै तेस्रो पटक निर्वाचन हुन लागेको हो । ब्रिटेनमा चारदेखि पाँच वर्षभित्र निर्वाचन हुने गरेको छ । तर, यसपटक सांसदहरुले नै निर्वाचनको माग गरेकाले बिहीबार निर्वाचन हुन लागेको हो ।
मध्यान्हबाट शुरु हुने मतदान राति १० बजे सकिने र शुक्रबार बिहानै मतपरिणाम आइसक्ने अनुमान गरिएको छ । मतदानका क्रममा सेल्फी खिच्न प्रतिबन्ध लगाइएको छ ।
यसपटक पनि हुलाकमार्फत् पोस्ट भोट धेरैले हालेको अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा मतदान अगाडि नै हुलाकमार्फत ७० लाख मत हुलाकबाट खसेको थियो ।