नरसंहारको अभियाेग दावी सू चीद्वारा अस्वीकार
म्यानमानरकी नेतृ आङ साङ सू चीले अल्पसंख्यक रोहिंज्या मुसलमान विरुद्ध नरसंहारको आरोप अस्वीकार गरेकी छन् । द हेगस्थित इन्टरन्याशनल कोर्ट अफ अस्टिसमा सम्बोधनका क्रममा नेतृ सू चीले नरसंहारको आरोप अस्वीकार गरेकी हुन् ।
सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको हुन सक्ने भने उनले स्वीकार गरिन् । त्यस्ता सैनिक अधिकृतमा कार्बाही हुने उनले बताइन् । सू चीले म्यानमार विरुद्ध लगाइएको मुद्दा ‘अपुरो र गलत’ भएको उल्लेख गरेकी छन् ।
बौद्ध धर्मालम्वीहरुको बाहुल्य रहेको म्यानमारमा सन् २०१७ मा सैनिक कार्बाहीमा हजारौं रोहिंज्या मुसलमान मारिएका थिए भने सात लाख बढीले देश छोडेका थिए ।
लोकतन्त्रको वकालत गरेबापत नोवेल शान्ति पुरस्कार पाएकी नेतृ सू ची सन् २०१६ देखि प्रमुख नेतृ रहेकी छन् ।