थप समाचार बुधबार, मंसिर २५, २०७६

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, ६ जना घाइते

हिमालखबर

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, ६ जना घाइते

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको बुधबार विहान मृत्यु भएको जानकारी दिए ।

स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम आक्रमणबाट घाइते भएका छन् । बिहान घाँस काट्न जाँदा हात्तीको आक्रमणमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिए ।

एक जना जङ्गलमा हराइरहेको हुँदा खोजी कार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस