एक हजार बढी अधिकृतका लागि विज्ञापन आह्वान
लोक सेवा आयोगले प्रशासन, लेखा, राजश्व, लगायत सेवाका लागि एक हजार बढी अधिकृतको विज्ञापन आह्वान गरेको छ ।
एक हजार ९६ मध्ये खुलाबाट ३२८ बढुवाबाट पदपुर्ति हुनेछ भने बाँकी खुला प्रतिश्पर्धाबाट हुनेछ । यस मध्ये खुलातर्फ ४१९ र ३४९ समावेशी समूहका लागि छुट्याइएको छ ।
५६० पद सामान्य प्रशासन सेवाका लागि खुल्नेछ । यस मध्ये खुलाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति हुनेछ ।
समावेशी अन्तरगत महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।