सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्ने
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
स्वास्थ्यका कारण सागको उद्घाटन र समापन समारोहमा अनुपस्थित भएका प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएका हुन् । दिउँसो दुई बजे बधाई दिन प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएका हुन् ।
मंगलबार साँझ दशरथ रंगशालामा भएको समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिएर बधाई दिएका थिए ।
तर, आज भेटेर प्रधानमन्त्री ओलीले पुरस्कार समेत घोषणा गर्ने तयारी गरेको उनका सचिवालयले जनाएको छ ।