४ पुसदेखि संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले ४ पुस दिउँसो ४ बजेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान गरेकी छन्।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्।
संसदको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुनेछ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले दुवै (राष्ट्रियसभा र प्रनिनिधिसभा) सदनको अधिवेशन आह्वान गरेको बारे जानकारी गराएकी हुन् ।