खेलकुद मंगलबार, मंसिर २४, २०७६

फुटबलमा स्वर्ण जितेपछि खुशी साट्दै नेपाली खेलाडी

बिक्रम राई

फुटबलमा स्वर्ण जितेपछि खुशी साट्दै नेपाली खेलाडी
तस्वीरहरु: बिक्रम राई

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएर स्वर्ण जितेकाे हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो ।

भुटानका चेन्चो ग्याल्त्सेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेपछि नेपाल खेलमा २–१ को अग्रता लिन सफल भएको थियो।

त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले खेल २–१ ले जितेको हो।

यससँगै नेपालले १३ औं सागमा ५१ स्वर्णपदक हातपार्न सफल भएको छ।

प्रतिकृया दिनुहोस