भुटानलाई हराउँदै नेपालले जित्याे स्वर्ण
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालले स्वर्ण जितेकाे छ ।
भुटानलाई २-१ ले फाइनलमा हराउँदै नेपालले स्वर्ण पदक जितेकाे छ ।
पहिलाे हाफमा नेपाल र भुटान बीच एक-एक गाेलकाे बराबरी भएकाे थियाे । दाेस्राे हाफमा नेपालका सुनिल बलले गाेल गरे ।
खेलको १६औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।
भुटानका छेन्चो ग्यात्शेनले गाेल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
याेसँगै, सागमा नेपालकाे स्वर्ण संख्या ५१ पुगेकाे छ ।