अर्थ/बजार मंगलबार, मंसिर २४, २०७६

एडीबीले नेपाललाई ३५८ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने

हिमालखबर

एडीबीले नेपाललाई ३५८ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने
एशियाली विकास ब्यांक (एडीबी)का देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव राजन खनाल । तस्वीर: रासस

नेपालका चारवटा परियोजना सञ्चालन गर्न अर्थ मन्त्रालय र एसियाली विकास ब्याङ्क (एडीबी) बीच ३५८ मिलियन अमेरिकी डलरको ऋण सम्झौता भएको छ । 

मंगलबार भएको सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एसियाली विकास व्याङ्कका नेपाल प्रतिनिधि मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।

एडीबीले प्रदान गर्ने ३५८ मिलियन डलरमध्ये १९५ मिलियन पोखरादेखि मुग्लिनसम्को पृथ्वी राजमार्ग सुधारका लागि खर्च गरिने छ ।

६३ मिलियन बाग्मती नदीको तटीय क्षेत्रमा बाढी व्यवस्थापन र त्यस क्षेत्रका जनताको स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालनमा खर्च गरिने सम्झौतामा उल्लेख छ ।

त्यसैगरी ५० मिलियन साना किसानको आम्दानी वृद्धि र जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन खर्च हुनेछ ।

५० मिलियन खाद्य सुरक्षा र कृषि क्षेत्रको नीतिगत सुधारमा लगानी गरिने उल्लेख छ ।

प्रतिकृया दिनुहोस