भुटानले ताेड्ला ३७ वर्षे इतिहास ?
१३ औं साग अन्तर्गत फुटबल खेलको स्वर्ण पदकको लागि केही बेरपछि आयोजक राष्ट्र नेपाल र भूटानबीच फाइनल खेल हुँदैछ ।
नेपालले तेस्रो पटक साग फुटबल उपाधिका लागि खेल्दैछ भने भुटान पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।
नेपाललाई पराजित गरे भुटान इतिहास रच्दैं दक्षिण एशियाको नयाँ फुटबल शक्ति राष्ट्र बन्नेछ ।
तर, लिग चरणमा भने भुटानको यही टोली नेपालसँग ४–० ले पराजित भयो ।
जारी सागमा नेपाल अपराजित टोली हो । नेपालले श्रीलंकासँग बराबरी गरेको थियो भने भुटानले भने नेपाल बाहेक सबै देशलाई पराजित गरेको थियो ।
पुरानो प्रतिद्धन्द्धी
भुटान र नेपाल सम्भवतः सबैभन्दा पुराना मध्येका फुटबल प्रतिस्पर्धी हुन् ।
भुटानले सन् १९८२ अप्रिल १ मा नेपालसँग अहिलेकै दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जसमा ३–१ ले नेपाल विजयी भएको थियो ।
त्यस यता दुई देश बीच भएको १४ खेलमा नेपाल अविजित छ । भूटानलाई आज ३७ वर्ष पछिको बदला लिने मौका छ ।