महिला बास्केटबलमा नेपालको ऐतिहासिक जित, स्वर्ण पदक नजिक
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) महिला बास्केटबलमा नेपाल पहिलो पटक फाइनल पुगेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । सागको बास्केटबलमा अहिलेसम्म नेपाल फाइनल पुग्न सकेको थिएन ।
फाइनल पुगेसँगै कम्तिमा नेपालले रजत पदक निश्चित गरेको छ । माल्दिभ्स विरुद्ध नेपालले ६८–५५ को जित निकालेको थियो ।