फिनल्याण्डमा विश्वकै कम उमेरकी प्रधानमन्त्री
फिनल्याण्डमा विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छन् ।
३४ वर्षीया सान्ना मरिनको नेतृत्वमा गठबन्धन सरकार बन्ने भएको हो । पाँच दलको गठबन्धन मरिन प्रधानमन्त्री बन्ने भएकी हुन् ।
सोसल डेमोक्रेटिक पार्टीका तर्फबाट मरिन प्रधानमन्त्री बन्दैछिन् । उनी यसअघि यातायात मन्त्री थिइन् । गठबन्धन सरकारमा सवै दलको नेतृत्व महिलाले गर्ने भएका छन् ।
प्रधानमन्त्री आन्ती रिन्नेले पद त्याग घोषणा गरेपछि मरिन प्रधानमन्त्री बन्न लागेकी हुन् । विश्वकै कान्छी प्रधानमन्त्री यसै साता पदभार ग्रहण गर्ने अनुमान गरिएको छ ।
युक्रेनमा ३५ वर्षीय ओलेक्सी होञ्चरुक र न्यूजील्याण्डमा ३९ वर्षीय जसिन्डा आर्डर्न प्रधानमन्त्री छन् ।