मंगलबार जोर नम्बरको मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह
महानगरिय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राजधानी उपत्यकामा जोर नम्बरको सवारी मात्रै चलाउन आग्रह गरेको छ ।
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को समापन कार्यक्रम रहेकाले मंगलबार जोर नम्बरको सवारी मात्रै चलाउन आग्रह गरेको हो । समापन कार्यक्रमलाई चुस्त बनाउन सरकारी, अत्यावश्यक, खेलकुद सम्बद्ध, पर्यटक र सञ्चार माध्यम बाहेकले जोर नम्बर मात्रै चलाउन आग्रह गरेको हो ।
ठूला सवारी साधन रिङरोड भित्र नचलाउन पनि अनुरोध गरेको छ ।