दोब्बर मूल्य बढाइएको फुटबल फाइनलको टिकट सोमबारै सकियो
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन हुँदैछ । १५ मंसिरबाट शुरु भएको सागमा लगभग धेरैजसो विधाको खेल सकिएको छ ।
अन्तिम दिन फुटबल तर्फको फाइनल खेल हुँदैछ । डिफेन्डिङ च्याम्पियन नेपालले भुटानसँग स्वर्ण पदकका लागि मंगलबार दिउँसो तीन बजे फाइनल खेल्दैछ ।
दशरथ रंगशालामा हुने फाइनल खेलका लागि टिकटको मूल्य दोब्बर बढाइएको छ । साधरणतर्फ एक हजार र भीआईपी सिटका लागि दुई हजार तोकिएको छ ।
तर, दोब्बर मूल्य बढाउँदा पनि फाइनल खेल हेर्न चाहनेहरुले टिकट पाउन सकेनन् । ईसेवाका अनुसार, एक दिन अगाडि नै टिकट सकिएको छ । समूह चरणमा समेत ठूलो संख्यामा दर्शक पाएको फुटबल फाइनल हेर्न २४ घण्टा अगाडि नै टिकट सकिएको छ ।
फाइनलका लागि १४ हजार टिकट बिक्रीका लागि राखिएको थियो ।