गौरिका एक्लैले दिलाइन् ४ स्वर्ण
गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन् ।
यो सँगै गौरिकाले व्यक्तिगततर्फ चार स्वर्ण जितेकी छन् ।
यसअघि नै गौरिकाले एउटै सागमा ३ स्वर्ण जित्दै व्यक्तिगततर्फ र्कीतिमान बनाएकी थिइन् ।
जारी १३ औं सागमा गौरिकाले चार स्वर्ण, एक रजत जितेकी छन् ।
योसँगै नेपालको स्वर्ण पदकको संख्या ४९ पुगेको छ ।