नेकपाको स्थायी कमिटी बैठक २९ र ३० मंसिरमा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर २९ र ३० गते स्थायी समितिको बैठक बोलाएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले केन्द्रीय आयोग र विभागको पूर्णताका लागि महासचिव विष्णु पौडेलसमक्ष सात दिन भित्र सफारिस पेश गर्न प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन पनि दिएको छ ।
त्यस्तै उपनिर्वाचनको प्रतिवेदन पठाउन सम्बन्धित क्षेत्रका पार्टी कमिटिलाई ५ दिनको निर्देशन पनि दिएको छ ।
सचिवालय वैठक बुधबार पुनः बस्ने बताइएको छ ।
बैठकमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन् ।