साग क्रिकेटमा नेपाललाई काँस्य पदक, माल्दिभ्स पाँच विकेटले पराजित
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले काँस्य पदक जितेको छ ।
माल्दिभ्सलाई पाँच विकेटले पराजित गर्दै नेपालले काँस्य पदक जितेको हो । पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा माल्दिभ्सले ९४ रन बनाएको थियो । नेपालले माल्दिभ्सले दिएको लक्ष्य २३ बल बाँकी रहँदै भेटायो ।
नेपालका लागि आरिफ सेख ३२, कप्तान ज्ञानेन्द्र मल्ल २२, रोहितकुमार पोडेल १५, पवन सर्राफ १०, पारस खड्का ३ र उपकप्तान ज्ञानेन्द्र मल्लले २ रन जोडे ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि निरञ्जन राजवंशीले ३ विकेट लिए भने सुशन भारीले दुई विकेट लिएका थिए ।
नेपालका लागि पूर्व कप्तान पारस खड्काले एक विकेट लिए । राजवंशी, खड्का र अविनास बोहोरोको बलमा माल्दिभ्सका इब्राहिम हसन, मोहम्मद हजम र अमिल मौरुफ रनआउट भएका थिए ।