माल्दिभ्सद्वारा नेपाललाई ९५ रनको चुनौती प्रस्तुत
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा माल्दिभ्सले नेपाललाई ९५ रनको चुनौती दिएको छ ।
काँस्य पदकका लागि जारी खेलमा नेपाले टस जितेर फिल्डिङ रोजेको थियो । निरञ्जन राजवंशीले ३ विकेट लिए भने सुशन भारीले दुई विकेट लिएका थिए ।
नेपालका लागि पूर्व कप्तान पारस खड्काले एक विकेट लिए । राजवंशी, खड्का र अविनास बोहोरोको बलमा माल्दिभ्सका इब्राहिम हसन, मोहम्मद हजम र अमिल मौरुफ रनआउट भएका थिए ।
माल्दिभ्सले पूरै ओभर खेल्दा नौ विकेट गुमायो ।