सागमा १३ खेल हुँदै, महिला फुटबलको स्वर्णका लागि भारतसँग नेपाल भिड्दै
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा सोमबार १३ खेल हुँदैछन् ।
सागको नवौं दिन सोमबार महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल भारत विरुद्ध भिड्दैछ । खेल पोखरा रंगाशालामा हुनेछ ।
क्रिकेट तर्फको स्वर्ण पदकका लागि कीर्तिपुर क्रिकेट मैदानमा श्रीलंका र बांग्लादेश बीच खेल हुँदैछ । खेल दिउँसो १ बजे शुरु हुनेछ ।
बास्केटबलको सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेश बीच खेल हुँदैछ । महिला इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् ।
यस बाहेक जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सिङ, कुस्ती लगायतका खेल हुनेछ ।
बक्सिङमा ८ स्वर्ण पदक छिनोफानो हुनेछ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो हुनेछ ।