१३ औं साग अन्तर्गतको फुटबलमा नेपाल फाइनल प्रवेश
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेश विरुद्धको खेलमा नेपालले १–० को अग्रता लिंदै फाइनल प्रवेश गरेको छ ।
पहिलो हाफको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए । सो गोल नै निर्णायक बन्यो ।
दोस्रो हाफमा नेपालले रक्षात्मक खेल खेलेको थियो । अब नेपाल मंगलबार हुने फाइनल खेलमा भूटानसँग खेल्नेछ ।
शनिबार श्रीलंकालाई ३–० ले पराजित गर्दै भूटान ९ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ । आजको जीतपछि शीर्ष स्थानमा उक्लिएको नेपालले १० अंक जाेडेको छ।