बंगलादेशविरूद्ध नेपालले गर्याे पहिलो गोल
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अहिले भइरहेको बंगलादेश विरुद्धको खेलमा नेपालले १–० को अग्रता लिएको छ ।
पहिलो हाफको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
मंगलबार भुटानविरुद्ध हुने फाइनल खेल्न नेपालले आजको खेल कम्तिमा बराबरी गर्नुपर्छ । भुटान ९ अंक जोड्दै शनिबार फाइनलमा प्रवेश गरिसकेको छ ।