समाचार आइतबार, मंसिर २२, २०७६

भीड नियन्त्रण गर्न कोहलपुरमा कर्फ्यू

हिमालखबर

भीड नियन्त्रण गर्न कोहलपुरमा कर्फ्यू

बाँकेको कोहलपुरमा ट्रकले छात्रालाई ठक्कर दिएपछि शुरु भएको प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

कोहलपुर बजारमा रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत १३ वर्षीया प्रकृति चन्दलाई ना २ ख ९४५९ नंकाे ट्रकले ठक्कर दिएपछि विद्यार्थी, स्थानीय र अभिभावकले प्रदर्शन गरेका थिए ।

प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएको जिप्रका बाँकेले जनाएको छ ।

भीड नियन्त्रण गर्न प्रहरीले केही दर्जन रबरका गोली र अश्रु ग्यास प्रहार गरेको छ । डीएसपी हेमबहादुर शाही घाइते भएका छन्।

घाइते बालिकालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

प्रतिकृया दिनुहोस