प्रहरीको गोली लागेका विद्यार्थीलाई काठमाडौं ल्याइदै
ट्रकले विद्यार्थीलाई किचेपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।
घाइते विद्यार्थीलाई काठमाडौं ल्याइदै छ । नेपाली सेनाकाे हेलिकाेप्टरबाट घाइतेलाई काठमाडाै ल्याइदै गरेकाे हाे ।
आइतबार बिहानै देखि जारी प्रदर्शनले उग्र रुप लिएपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियाे । झडपमा दुई दर्जन बढी विद्यार्थी घाइते भएका छन् ।
प्रहरी कार्यालय नै घेराउ गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार, प्रदर्शनकारीको आक्रमणमा परी डीएसपी हेमराज थापा सहित नौ जना प्रहरी समेत घाइते भएका छन् ।
कोहलपुर–१० स्थित त्रिभुवन माविका विद्यार्थी छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । प्रमुख जिल्ला कुमार खड्काका अनुसार, चन्दकाे अवस्था गम्भीर रहेकाे छ ।