एसजीसीपीलाई एभरेष्ट ब्याङ्कले दियो स्कूल भ्यान
एभरेष्ट ब्याङ्कले ललितपुरस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई स्कूल भ्यान प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गैरसरकारी तथा गैरनाफामुलक संस्था एसजीसीपीलाई भ्यान दिएको ब्यांकले जनाएको छ ।
एसजीसीपीले मस्तिष्क पक्षाघात भएका बालबालिका तथा युवालाई सहयोग गर्ने संस्था हो ।