एनएमबी ब्यांकले ल्यायो ‘एनएमबी जीवन चक्र बचत खाता’
एनएमबी ब्यांकले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ ल्याएको छ ।
यो नयाँ प्रकृति खातामा सात सहयोजना छन् ।
व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण ब्यांकिङ आवश्यकता पूरा गर्न यस्तो कार्यक्रम ल्याइएको ब्यांकले जनाएको छ ।
यो योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा दिनेछ । हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् ।
जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउने ब्यांकले जनाएको छ ।