नयाँ दिल्लीमा आगलागी हुँदा ४३ जनाको मृत्यु, ५० जनाकाे उद्धार
भारतको नयाँ दिल्लीस्थित एक अनाज मण्डीमा भएको आगलागीमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ ।
एक उद्योगमा आगलागी हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हो । ५० जनालाई भने उद्धार गरिएको छ । आगो नियन्त्रणमा आए पनि अझै मानिसहरु भित्रै फसिरहेको हुनसक्ने अनुमान गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरका अनुसार, उद्योगमा काम गर्नेहरु सुतिरहेको बेला आगलागी भएको थियो ।