रोनाल्डोको गोलबाट जोगिएन हार, टुंगियो युभेन्टसको अपराजित यात्रा
सिरि ए मा युभेन्टसको अपराजित यात्रा रोकिएको छ । शनिबार राति लाजियोसँग पराजित भए सँग युभेन्टसको अपराजित यात्रा टुंगिएको हो ।
अपराजित यात्रा टुंगिएसँगै युभेन्टस शीर्ष स्थानमा समेत दोस्रोमा ओर्लिएको छ । क्रिश्चियानो रोनाल्डोले खेलको २५औं मिनेटमा गोल गरे पनि युभेन्टसले अग्रता जोगाउन सकेन ।
पहिले हाफकै अतिरिक्त समयमा लाजियोले गोल गर्दै बराबरी बनायो । दोस्रो हाफमा युभेन्टसका हुआन क्वाड्राडोले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित युभेन्टस विरुद्ध लिजायोले फाइदा उठायो ।
उसले ७४औं र थपिएको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई ३–१ को अन्तरमा पराजित गर्याे ।