बांग्लादेशसँग बराबर खेले पनि नेपाल फाइनलमा
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणको अन्तिम खेल बांग्लादेश विरुद्ध साँझ ५ः३० बजे खेल्दैछ ।
पाँच टीम सामेल साग फुटबलमा भुटान ऐतिहासिक सफलता सहित फाइनल पुगिसकेको छ । माल्दिभ्सि र श्रीलंका समूह चरणबाटै बाहिरि सकेको छ । साँझ नेपाल र बांग्लादेश बीच हुने खेलबाट एउटा टीम बाहिरिनेछ भने एउटा स्वर्ण पदकका लागि भुटानसँग भिड्नेछ ।
समान तीन खेलको समीकरणमा बांग्लादेश भन्दा नेपाल तीन अंकले माथि छ । बांग्लादेशले चार अंक मात्रै जोड्दा नेपाल सात अंक सहित भुटानको नजिक छ ।
तर, यदि बांग्लादेशले नेपाललाई हराउन सक्यो भने समान सात–सात अंक हुनेछ । नेपालले जिते अर्थात् बराबर मात्रै खेल्दा पनि नेपालको फाइनल यात्रा निश्चित छ ।