सागमा आजः १५ खेल हुँदै, बांग्लादेशविरुद्ध नेपाली फुटबल टीम भिड्ने
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा आज १५ खेल हुँदैछन् । जनकपुरमा कस्ती, पोखरामा भारोत्तोलन, महिला क्रिकेट हुँदैछ भने बाँकी खेल काठमाडौंमा हुँदेछ ।
महिला पुुरुष क्रिकेट दुवैमा श्रीलंका र बांग्लादेश बीच स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुनेछ । बिहान ११ बजे पुरुष क्रिकेट किर्तिपुर मैदानमा हुनेछ भने महिला क्रिकेट पोखरामा हुनेछ ।
नेपाल भने दुवै क्रिकेटबाट बाहिरिसकेको छ । फुटबलमा भने साँझ ५ः३० बजे नेपाल बांग्लादेशविरुद्ध खेल्दैछ । घरेलु मैदान दरशथ रंशरथ रंगशालामा समूह चरणको अन्तिम खेल हुनेछ ।
चार खेलबाट ९ अंक जोड्दै भुटान फाइनल पुगिसकेको छ भने माल्दिभ्सि र पाकिस्तान बाहिरिसकेको छ ।
टीम खेल बाहेक ललितपुरमा पौडी, स्क्वास, जुडो लगायत खेल हुनेछ । १५ मंसीरबाट शुरु भएको सागमा अहिलेसम्म भारत ११० स्वर्ण जित्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल ४३ अंक सहित दोस्रो स्थानमा छ । भुटानले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।